सोमबार, असार २,२०८२ 12:26:12
  • सोमबार, असार २,२०८२ 12:26:12
Global IME Bank Limited

बोइङको ‘७७७एक्स’को परीक्षण उडान पुनःसुरु

Hyundai Nepal
बोइङको ‘७७७एक्स’को परीक्षण उडान पुनःसुरु
Nabil Bank Limited

काठमाण्डौ । विमान निर्माता कम्पनी बोइङले लामो समयदेखि रोकिएको वाइडबडी विमान ‘७७७एक्स’को परीक्षण उडान बिहिबारदेखि पुनःसुरु गरेको छ । पहिलो उडानमा इन्जिनमा समस्या देखिएपछि कम्पनीले यो विमानलाई गत अगस्टदेखि ग्राउण्डेड गरेको थियो ।  

कम्पनीले ‘७७७–९’का लागि सर्टिफिकेशन फ्लाइट सुरुवात गरेको पाँच सातापछि ‘७७७एक्स’लाई ग्राउण्डेड गरेको थियो ।

बिहिबारको परीक्षणमा अमेरिकी फेडरल एभिएसनका पदाधिकारीहरु विमानमा नरहेको कम्पनीले जनाएको छ । ‘७७७एक्स’ बोइङको विमान ७७७ को उत्तराधिकारीको रुपमा रहेको छ । बोइङको ७७७ लामो समयदेखि व्यवसायिक रुपमा सफल विमान हो । सुरुवातमा कम्पनीले सन् २०२० देखि कतार एयरवेजलाई ७७७एक्सको पहिलो आपूर्ति गर्ने योजना बनाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर ७७७–९ को पहिलो डेलिभरी २०२६का लागि धकेलिएको छ । यस्तै सानो आकारको ७७७–८ र फ्राइटर भर्जनको डेलिभरी भने एक दशकपछि धकेलिएको छ ।  

बोइङको ७७७एक्सको ग्राहकहरु,इमिरेट्स,लुफ्त्साना,सिङ्गापुर एयरलाइन्स र क्याथे प्यासेफिक एयरवेज हुन् । बोइङले ७७७एक्सको ४८१ वटा अर्डर पाईसकेको छ । जसमा १७० वटा इमिरेट्सबाट र ६० वटा कतार एयरवेजबाट पाएको छ ।  

बोइङको ७७७–९ को परीक्षण विमानले बिहिबार बोइङ फिल्डदेखि वासिङटनको मोसेस लेकसम्म रिर्टन उडान गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.