सोमबार, असार २,२०८२ 04:48:59
  • सोमबार, असार २,२०८२ 04:48:59
Global IME Bank Limited

लगानीकर्ताल सेयर किन्न बैंक तथा वित्तीय संस्थाबाट लिए रु.१.७ खर्ब लोन, कुनबाट कति ?

Hyundai Nepal
लगानीकर्ताल सेयर किन्न बैंक तथा वित्तीय संस्थाबाट लिए रु.१.७ खर्ब लोन, कुनबाट कति ?
Nabil Bank Limited

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब भन्दा बढीको सेयर धितोकर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसर चालु आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको हो ।  

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो सेयर धितो कर्जा गत आवको सोही अवधिसम्मको तुलनामा ३२।९६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा कर्जा प्रवाह बढाएकै कारण बैंकबाट लोन लिएर सेयरबजारमा लगानी गर्नेको संख्या बढेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो केही समययता बैंकहरुबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा जाने कर्जा अनुपातमा बृद्धि भएको छ ।  

वाणिज्य बैंकहरुबाट मात्रै सेयर धितोकर्जा प्रवाह ३५.५७ प्रतिशतले बृद्धि भएको छ । चालु आवको ५ महिनासम्मम लगानीकर्ताहरुले वाणिज्य बैंकबाट मात्रै ८६ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो राखि कर्जा लिएका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५.५७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म लगानीकर्ताहरुले ६३ अर्ब ६७ करोड रुपैयाँ सेयर धितो राखि कर्जा लिएका थिए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवधिसम्म सबैभन्दा बढी ग्लोबल आइएमई बैंकबाट सेयर धितोकर्जा प्रवाह भएको छ । चालु आवको ५ महिनासम्म ग्लोबल आइएमईबाट मात्रै ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।  

तीन वाणिज्य बैंकबाहेक सबैं बैंकको यस्तो कर्जा प्रवाह बढेको छ । एभरेष्ट बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंकको यस्तो कर्जा प्रवाह गत आवको तुलनमा घटेको छ भने सर्वाधिक नेपाल एसबिआई बैंकको १८९०.७३ प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै, विकास बैंकहरुबाट प्रवाह भएको सेयर धितोकर्जा गत आवको तुलनामा २४ प्रतिशतले बढेको छ । चालु आवको ५ महिनासम्ममा विकास बैंकहरुबाट मात्रै १७ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।  

गत आवको यसै अवधिसम्म भने विकास बैंकहरुबाट १४ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो । तीनवटा बैंकबाहेक सबै बैंकको यस्तो कर्जा प्रवाह बढेको छ ।  

सर्वाधिक मुक्तिनाथ विकास बैंकबाट ३ अर्ब ४४ करोड रुपैया बराबरको सेयर लोन प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा २४।९१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म २ अर्ब ७५ करोड रुपैयाँ बराबरको लोन प्रवाह भएको थियो ।  

त्यस्तै, फाइनान्स कम्पनीहरुबाट चालु आवको ५ महिनासम्ममा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा २१.३२ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म फाइनान्स कम्पनीहरुबाट ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

सर्वाधिक मन्जुश्री फाइनान्सबाट ७७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा २४.६९ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म मन्जुश्री फाइनान्सबाट ६१ करोड रुपैयाँको कर्जा प्रवाह भएको थियो ।  

चारवटा फाइनान्स कम्पनीबाहेक सबै फाइनान्स कम्पनीको यस्तो कर्जा प्रवाह बढेको छ । सर्वाधिक बढ्नेमा सेन्ट्रल फाइनान्स रहेको छ । कम्पनीको यस्तो कर्जा प्रवाह गत आवको तुलनामा ५२९.७१ प्रतिशत बृद्धि भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.