मंगलवार, आश्विन १३,२०८३ 06:33:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:33:27
Bizshala
Global IME Bank Limited

लगानीकर्ताल सेयर किन्न बैंक तथा वित्तीय संस्थाबाट लिए रु.१.७ खर्ब लोन, कुनबाट कति ?

Bizshala
लगानीकर्ताल सेयर किन्न बैंक तथा वित्तीय संस्थाबाट लिए रु.१.७ खर्ब लोन, कुनबाट कति ?
New Office

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब भन्दा बढीको सेयर धितोकर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसर चालु आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको हो ।  

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो सेयर धितो कर्जा गत आवको सोही अवधिसम्मको तुलनामा ३२।९६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा कर्जा प्रवाह बढाएकै कारण बैंकबाट लोन लिएर सेयरबजारमा लगानी गर्नेको संख्या बढेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो केही समययता बैंकहरुबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा जाने कर्जा अनुपातमा बृद्धि भएको छ ।  

वाणिज्य बैंकहरुबाट मात्रै सेयर धितोकर्जा प्रवाह ३५.५७ प्रतिशतले बृद्धि भएको छ । चालु आवको ५ महिनासम्मम लगानीकर्ताहरुले वाणिज्य बैंकबाट मात्रै ८६ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो राखि कर्जा लिएका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५.५७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म लगानीकर्ताहरुले ६३ अर्ब ६७ करोड रुपैयाँ सेयर धितो राखि कर्जा लिएका थिए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म सबैभन्दा बढी ग्लोबल आइएमई बैंकबाट सेयर धितोकर्जा प्रवाह भएको छ । चालु आवको ५ महिनासम्म ग्लोबल आइएमईबाट मात्रै ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।  

तीन वाणिज्य बैंकबाहेक सबैं बैंकको यस्तो कर्जा प्रवाह बढेको छ । एभरेष्ट बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंकको यस्तो कर्जा प्रवाह गत आवको तुलनमा घटेको छ भने सर्वाधिक नेपाल एसबिआई बैंकको १८९०.७३ प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै, विकास बैंकहरुबाट प्रवाह भएको सेयर धितोकर्जा गत आवको तुलनामा २४ प्रतिशतले बढेको छ । चालु आवको ५ महिनासम्ममा विकास बैंकहरुबाट मात्रै १७ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।  

गत आवको यसै अवधिसम्म भने विकास बैंकहरुबाट १४ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो । तीनवटा बैंकबाहेक सबै बैंकको यस्तो कर्जा प्रवाह बढेको छ ।  

सर्वाधिक मुक्तिनाथ विकास बैंकबाट ३ अर्ब ४४ करोड रुपैया बराबरको सेयर लोन प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा २४।९१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म २ अर्ब ७५ करोड रुपैयाँ बराबरको लोन प्रवाह भएको थियो ।  

त्यस्तै, फाइनान्स कम्पनीहरुबाट चालु आवको ५ महिनासम्ममा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा २१.३२ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म फाइनान्स कम्पनीहरुबाट ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

सर्वाधिक मन्जुश्री फाइनान्सबाट ७७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा २४.६९ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म मन्जुश्री फाइनान्सबाट ६१ करोड रुपैयाँको कर्जा प्रवाह भएको थियो ।  

चारवटा फाइनान्स कम्पनीबाहेक सबै फाइनान्स कम्पनीको यस्तो कर्जा प्रवाह बढेको छ । सर्वाधिक बढ्नेमा सेन्ट्रल फाइनान्स रहेको छ । कम्पनीको यस्तो कर्जा प्रवाह गत आवको तुलनामा ५२९.७१ प्रतिशत बृद्धि भएको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.