मंगलवार, कार्तिक ३,२०८३ 04:32:57
  • मंगलवार, कार्तिक ३,२०८३ 04:32:57
Global IME Bank Limited

प्राइभेट कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज व्यवस्था

Bizshala
प्राइभेट कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज व्यवस्था
New Office

काठमाण्डौ । प्राइभेट कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज हुने भएको छ । अर्थमन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा अध्यादेश, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  

मन्त्रालयले कम्पनी ऐन, २०६३, मा भएको केही व्यवस्था संशोधन गरेको छ । प्राइभेट कम्पनीले प्रिमियम मूल्यको सेयर जारी गर्दा हाल कम्पनी रजिष्ट्रार कार्यालयको थप स्वीकृति लिन नपर्ने व्यवस्था कायम गरेको छ ।  

यसका साथै संशोधित व्यवस्थामा कम्पनीहरुले प्रिमियममा सेयर जारी गर्दा तीन वर्षको लेखापरीक्षणको व्यवस्था हटाई प्रक्रिया हटाई सरल गरिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसअघि कम्पनी ऐन, २०६३ मा कुनै पनि प्राइभेट कम्पनीले प्रिमियममा सेयर जारी गर्नको लागि तीन वर्षको अनिवार्य लेखापरीक्षण गराएको हुनुपर्ने र कम्पनी रजिष्ट्रारको स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।  

तर प्राइभेट कम्पनीले अब कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिन नपर्ने व्यवस्था भएपनि अन्तिम स्वीकृति भने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाटै लिनुपर्नेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, कम्पनी ऐन, २०६३ मा संशोधन भएको व्यवस्थाअन्तर्गत श्वेट सेयरलाई व्यवस्थित गर्दौ स्टार्ट–अप उद्यमको हकमा चुक्तापुँजीको ४० प्रतिशत, र कम्पनीको हकमा २० प्रतिशत सेयर व्यक्तिलाई प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.