काठमाण्डौ । एक प्राइभेट कम्पनीको सञ्चालक अब समान उद्देश्य बोकेको अर्को प्राइभेट कम्पनीको सञ्चालक बन्न पाउने भएको छ । अर्थमन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा अध्यादेश, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
मन्त्रालयले कम्पनी ऐन, २०६३, मा भएको केही व्यवस्था संशोधन गरेको छ । एउटा प्राइभेट कम्पनीको सञ्चालक समान उद्देश्य भएको अर्को प्राइभेट कम्पनीमा पनि सञ्चालक हुन सक्ने व्यवस्था गरिएको छ ।
तर पब्लिक कम्पनीमध्ये बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीबाहेकको मात्रै हुने अर्थमन्त्रालयले जनाएको छ । यसअघि कम्पनी ऐन, २०६३ मा जुनसुकै प्राइभेट कम्पनीमा सञ्चालक भइसकेपछि अर्को समान उद्देश्य भएकै कम्पनीमा पनि सञ्चालक हुन नपाउने व्यवस्था रहेको थियो ।