सोमबार, बैशाख ७,२०८३ 05:45:49
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:45:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडियाको सेयर ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Bizshala
नेपाल रिपब्लिक मिडियाको सेयर ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया नेप्सेमा सूचिकृत नेपालको एक मात्रै मिडिया कम्पनी हो । यो कम्पनीले सन् २००९ मा स्थापित कम्पनी हो । कम्पनीले दैनिक र साप्ताहिक रुपमा नेपाली तथा अङ्ग्रेजी भर्सनमा पत्रपत्रिका प्रकाशित गर्छ । यस्तै कम्पनीको अनलाइन पोर्टल पनि सञ्चालनमा रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैंयाँ रहेको छ । कम्पनीको जगेडा कोष १० करोड ९४ लाख रुपैंयाँ नकारात्मक रहेको छ । योसँगै कम्पनीको कुल पूँजी ८५ करोड ८० लाख रुपैंया रहेको छ । कम्पनीको खुद मूनाफा ९ लाख ४० हजार मात्रै रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३९ पैसा मात्रै रहेको छ भने बुक भ्यालु ८८.६९ रुपैंया , रिर्टन अन इक्विटी ०.४४ प्रतिशत मात्रै रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

यसले लगानीकर्ताको सेन्टिमेन्ट र स्टकको मोमेन्टमलाई जनाउँछ । यस्तो इन्डेक्समा यदि कम्पनीको सेयर ० देखि २० सम्म भएमा स्ट्रङ बियरिस, २० देखि ४० सम्म वियरिस, ४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १००  सम्म स्ट्र«ङ बुलिस भएको मानिन्छ । हाल यो कम्पनीको इन्डेक्स ८० को तहमा देखिन्छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको अधिक आकर्षण रहेको भन्ने हो । आज प्रतिकित्ता ४९३ रुपैयाँमा बन्द भएको कम्पनीको उच्च मूल्य ५६५ र न्यून मूल्य ३३८ रुपैयाँ रहेको छ । यस कम्पनीको सेयर ब्रोकर नम्बर ५८ ,४७ र ४२ मा उच्च होल्डिङ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डि र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा चलेको छ । आज अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भाबित रुपमा अल्पकालिन करेक्सन हुनसक्ने देखिन्छ । म्याक्डीमा यसअघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम पोजिटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन नजिक पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ अप ट्रेन्डमा रहेको छ । तर अल्पकालिन नाफा बुक भने आउन सक्नेछ ।  

CG Motors
Garima Development Bank
IME remit

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५३२

प्रतिरोध २ – ५०७

प्रतिरोध १–  ४६८

पिभट् प्वइन्टः ४४४

घटेमा सपोर्ट  

सपोर्ट १– ४०५

सपोर्ट २– ३८०

सपोर्ट  ३ –३४१

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी कमजोर नै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ३९ पैसा मात्रै रहेको छ भने बुक भ्यालु पनि एक सय भन्दा तल ८८ रुपैयाँ मात्रै रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी जम्मा ०.४४ प्रतिशत मात्रै रहेको छ । यस हिसाबले आधारभूत रुपमा कम्पनी निकै नै कमजोर देखिन्छ । तर प्राविधिक रुपमा लगानीकर्ताको सेन्टिमेन्ट र स्टक मोमेन्टमको हिसाबले भने यस कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन्छ । फियर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्टमा रहेको छ । यो इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा केही अल्पकालि करेक्सन आउँदै तेस्रो प्रतिरोध ५३२ सम्म पनि पुग्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.