• बिहीबार, भाद्र २६,२०८२ 08:00:51
Global IME Bank Limited

केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३.९६ लाख

Hyundai Nepal
केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३.९६ लाख

काठमाण्डौ । केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स–३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ । अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स– ३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो अफर केहि अवधिको लागी मात्र लागू हुनेछ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुने कम्पनीले जनाएको छ ।

एक्स–३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम भएको कम्पनीको भनाई छ । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ । जसले २६० एनएम सम्मक उच्चतम टर्क प्रदान गर्छ ।

यसले सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० पनिशन सम्म चार्ज गर्न सकिन्छ । एक्स–३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको विलबेस २६३२ एमएम छ । यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।

ई एक्स– ३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी(लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

विभिन्न पाँच कलर अप्सनमा केई एक्स–३ प्रो ईभी उपलब्ध हुनेछ । नेपालभरि बलियो उपस्थितीसँग, केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिरतामोडमा स्थित नौ वटा शोरुम सञ्चालन गर्दै आएको छ ।  

केई अटोका बारेमा

यीवीन केई अटोमोवाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको केई अटोका बारेमा नई अटोमोवाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको लगानीमा स्थापना भएको हो । सन् २०१४ मा स्थापना भएको केई अटोमोवाइलसँग आफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ । कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ। पेट्रोलियम इन्जिन र ईभी दुवैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन् । यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.