बिहीबार, चैत्र २१,२०८१ 02:25:38
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:25:38
IME remit
Global IME Bank Limited

बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए रु. ५ अर्ब, जीवन र निर्जीवनतर्फ कति ?

Hyundai Nepal
बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए रु. ५ अर्ब, जीवन र निर्जीवनतर्फ कति ?
Nabil Bank Limited

काठमाण्डौ । सञ्चालमा रहेका २४ जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई सुविधा स्वरुप बोनस बाँड्न कुल ५ अर्ब २२ करोड १६ लाख रुपैयाँ छुट्याएका छन् ।  

बीमा कम्पनीहरुले अघिल्लो वर्षको तुलनामा कर्मचारीलाई दिने सुविधा तथा बोनस रकम यस वर्ष २७.६५ प्रतिशतले बढाएका हुन् । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ९ करोड ४ लाख रुपैयाँ कर्मचारीलाई बाँड्न छुट्याएका थिए ।  

चालु आर्थिक वर्षको ६ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई बाँड्न कुल २ अर्ब ८९ करोड ७ लाख रुपैयाँ छुट्याएका छन् भने निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३३ करोड ८ लाख रुपैयाँ छुट्याएका छन् ।  

जीवन र निर्जीवन दुबै कम्पनीले कर्मचारीको सुविधा खर्च रकम बढाएका छन् । जीवन बीमा कम्पनीहरुले १३ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुले ५२.१२ प्रतिशतले यस्तो रकम बढाएका छन् ।  

बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई वर्षेनी ‘बोनस व्यवस्था’को सुविधा रहेको हुन्छ । बीमा कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरणमा ‘कर्मचारी लाभ खर्च’ शीर्षक छुट्याएका हुन्छन् ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तो शीर्षकको रकम कर्मचारीलाई दिइने बोनसको रुपमा बुझ्न सकिन्छ वा कम्पनीले आफ्ना कर्मचारीलाई सुविधा दिन वा कर्मचारीको फाइदाका लागि खर्चिएको रकम बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र–नगद पनि हुन सक्छ ।  

जसमा न्यूनतम पारिश्रमिक प्राप्त गर्ने कर्मचारीहरुलाई स्वास्थ्य बीमा लगायत अन्य लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा वापत समेत यस्ता शीर्षकमा रकम छुट्याएका हुन्छन् ।  

जीवन बीमा तर्फ हिमालयन लाइफले बनायो कर्मचारी मख्ख

आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले मात्रै २ अर्ब ८९ करोड रुपैयाँ कर्मचारीको सुविधाका लागि छुट्याएका छन् ।  

तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सले कर्मचारीलाई मख्ख बनाएको छ । कम्पनीले कुल ४२ करोड ९५ लाख रुपैयाँ यस्तो शीर्षकमा छुट्याएको छ ।  

त्यस्तै, दोस्रोमा नेपाल लाइफले ४० करोड ११  लाख, तेस्रोमा सुर्यज्योति लाइफले ३२ करोड ४४ लाख रुपैयाँ कर्मचारी सुविधाको लागि छुट्याएको छ । यता नेशनल लाइफले २३ करोड ६१ लाख र सानिमा रिलायन्स लाइफले २० करोड ३७ लाख रुपैयाँ छुट्याएको छ ।  

सबैभन्दा थोरै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले जम्मा ११ लाख ७१ हजार रुपैयाँ छुट्याएको छ ।  

यता गत वर्षको तुलनामा तीन जीवन बीमा कम्पनीको यस्तो रकम भने घट्न पुगेको छ । हिमालयन लाइफ, एलआइसी नेपाल र एशियन लाइफको यस्तो रकम गत वर्षको तुलनामा घट्दा सर्वाधिक सानिमा रिलायन्स लाइफले भने ११३.८९ प्रतिशतले बढाएको छ ।  

निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सर्वाधिक  

निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई सुविधा स्वरुप बोनस बाँड्न कुल २ अर्ब ३३ करोड रुपैयाँ छुट्याएको छ । सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ करोड ५२ लाख रुपैयाँ यस्तो शीर्षकमा छुट्याएको छ ।  

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २५ करोड ३५ लाख, शिखर इन्स्योरेन्सले २३ करोड ५५ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २० करोड ५५ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले २० करोड ३३ लाख रुपैयाँ कर्मचारी लाभ खर्च शीर्षकमा छुट्याएको छ ।  

गत वर्षको तुलनामा सबै कम्पनीले यस्तो रकम बढाएको छ । सबैभन्दा बढी ओरियण्टल इन्स्योरेन्सले ३५० प्रतिशतले बृद्धि गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १०४.२९ प्रतिशत, सिद्धार्थ प्रिमियरले ८९.७४ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८१.८६ प्रतितशले बृद्धि गरेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.