मंगलवार, कार्तिक ३,२०८३ 01:29:15
  • मंगलवार, कार्तिक ३,२०८३ 01:29:15
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.२०.८८ अर्ब प्रिमियम, सर्वाधिक शिखर र सगरमाथा लुम्बिनीको

Bizshala
निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.२०.८८ अर्ब प्रिमियम, सर्वाधिक शिखर र सगरमाथा लुम्बिनीको
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले पौने २१ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म १४ निर्जीवन बीमकले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमा शुल्कस भित्र्याएका हुन् । यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ७.६७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म २ अर्ब ५९ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको तुलनामा श५.६९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म शिखरले २ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ५५ करोड रुपैयाँ प्रिमियम संकलन गर्दा सिद्धार्थ प्रिमियरले भने २ अर्ब १३ करोड रुपैयाँ प्रिमिमय संकलन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुमा शिखर, सलिको र सिद्धार्थ प्रिमियमरको व्यवसाय २ अर्ब भन्दा बढी रहेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसका साथै आइजीआई पु्रडेन्सियलले १ अर्ब ७३ करोड, हिमालयन एभरेष्टले १ अर्ब ७१ करोड, नेकोले १ अर्ब ६६ करोड, एनएलजीले १ अर्ब ४० करोड, ओरियन्टलले १ अर्ब ३४ करोड, युनाइटेड अजोडले १ अर्ब २० करोड, सानिमा जिआइसीले १ अर्ब १९ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ९ करोड, प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख र नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ प्रिमिमय भित्र्याएका छन् । 

गत आवको तुलनामा दुई निर्जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले व्यवसाय बृद्धि गरेका छन् । सबैभन्दा धेरै व्यवसाय बढाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले ४५.७२ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, ओरियन्टलले ४३.८९ प्रतिशत, एनएलजीले १२.२९ प्रतिशत, सिद्धार्थ प्रिमियरले ८.३८ प्रतिशत, सलिकोले ७.७९ प्रतिशत, शिखरले ५.६९ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ४.५७ प्रतिशत, सानिमा जिआइसीले ३.७३ प्रतिशत, नेकोले ३.२३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीले २.७० प्रतिशत र नेशनल इन्स्योरेन्सले १.०४ प्रतिशतले व्यवसाय बढाएको छ । यता प्रभु इन्स्योरेन्सको व्यवसाय ६.७९ प्रतिशत घटेको छ भने युनाइटेड अजोडको ७.८६ प्रतिशतले घटेको छ ।

 

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.