काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नूर प्रसाद प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                