काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ओरियण्टल होटल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीद्वारा घोािषत ५ लाख ६४ हजार ४५.२२ कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.२६३१६ प्रतिशत लाभांश प्रदान गरेको थियो ।
सोही ५ प्रतिशतले हुन आउनेबराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि यी सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछन् ।