मंगलवार, कार्तिक ३,२०८३ 09:07:05
  • मंगलवार, कार्तिक ३,२०८३ 09:07:05
Global IME Bank Limited

आत्मनिर्भर लघुवित्तको खुद नाफा २८% ले घट्यो, यस्तो छ समग्र वित्तीय अवस्था

Bizshala
आत्मनिर्भर लघुवित्तको खुद नाफा २८% ले घट्यो, यस्तो छ समग्र वित्तीय अवस्था
New Office

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ८४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।  

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.६८ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

चालु आवको समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ५ करोड ६८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने ३१ लाख २६ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  संस्थाले सम्भावित घाटाका लागि ४ करोड ५९ लाख रुपैयाँ छुट्टाएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै संस्थाको रिजर्भको आकार ५.१९ प्रतिशतले घटेर १८ करोड ८३ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ९१ करोड ४३ लाख र कर्जा प्रवाह १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात केही घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १५.२८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १५.०९ प्रतिशत पुगेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.