काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४४.४४ रुपैयाँ र बिक्रीदर १४५.०७ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४४.३६ रुपैयाँ र बिक्रीदर १४४.९९ रुपैयाँ कायम थियो । आज एक पाउण्डको खरिददर १७१.८० रुपैयाँ र बिक्रीदर १७२.५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७०.९४ र बिक्रीदर १७१.६८ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४७ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३७.८५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.७२ रुपैयाँ र बिक्रीदर ४४८.६७ रुपैयाँ कायम भएको छ ।