काठमाण्डौ । सानिमा रिलायन्स लाइ्रफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत भएको छ । माघ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनमा स्वीकृत गरेको हो ।
अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउदै माघ ५ गते कम्पनीको सञ्चालक समितिसमक्ष राजीनमा दिएकी थिइन् । उनको राजीनामा माघ ७ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।