बुधबार, फाल्गुन ६,२०८२ 12:28:38
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 12:28:38
Bizshala
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  

आईबार आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्काशन तथा बिक्रि प्रबन्ध सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आव २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित १ः१ अनुपातको हकप्रद निष्काशनको ब्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङबाट हुनेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड भदौ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानीसम्वन्धि काम/कारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक सेयरधनीहरु विद्युत, बैंक/वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार/व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल एसबिआई मर्चेण्ट बैकिङ नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरि लगानी व्यबस्थापन सेवा,धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राहि खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा सेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.