काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८१÷०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित गरेको छ ।
संस्थाले समीक्षा अवधिमा वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरि अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था संतोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो त्रैमासमा उल्लेखनिय सुधार गरि ६ करोड ४१ लाख ब्याज आम्दानी गरि रु. २० लाख ८१ हजार खुद नाफा कमाएको छ ।
त्यस्तै नाफा कमाउँदा प्रतिसेयर आम्दानी १.५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा ५.५० प्रतिशतमा रहेको छ ।
निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरुको आत्मवल साथै उत्प्रेरणा बढेकाले संस्थाको नाफामा उल्लेख्य सुधार आएको संस्थाले जनाएको छ ।
संस्थाले यो अवधिमा २० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्था ४ करोड १४ लाख रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८९.२२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १०.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०३९.२२ गुणा र तरलता अनुपात ४१.८५ प्रतिशत कायम भएको छ ।
संस्थाले शाखा प्रमुख तथा कर्मचारी लगायत सम्पुर्ण फिल्ड सहायक कर्मचारी सहितको तालिम समेत आयोजना गरी कर्मचारीहरुको वित्तीय सुरक्षा मनोवल उच्च कायम गरेको जनाएको छ ।
यस अवधिभित्रमा यस वित्तीय संस्थाले देश भरिमा २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरु मार्फत ४० हजार ७३३ जना विपन्न घरपरिवारमा सेवा पुर्याउँदै २ अर्ब १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।