सोमबार, बैशाख ७,२०८३ 12:17:32
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:17:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घाटाबाट बाहिरिँदै धौलागिरी लघुवित्तले आर्जन गर्यो २०.८१ लाख नाफा,यस्ता छन् अन्य वित्तीय सूचक

Bizshala
घाटाबाट बाहिरिँदै धौलागिरी लघुवित्तले आर्जन गर्यो २०.८१ लाख नाफा,यस्ता छन् अन्य वित्तीय सूचक
Shivam Cement

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८१÷०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित गरेको छ ।  

संस्थाले समीक्षा अवधिमा वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरि अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था संतोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो त्रैमासमा उल्लेखनिय सुधार गरि ६ करोड ४१ लाख ब्याज आम्दानी गरि रु. २० लाख ८१ हजार खुद नाफा कमाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै नाफा कमाउँदा प्रतिसेयर आम्दानी १.५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा ५.५० प्रतिशतमा रहेको छ ।

निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरुको आत्मवल साथै उत्प्रेरणा बढेकाले संस्थाको नाफामा उल्लेख्य सुधार आएको संस्थाले जनाएको छ ।  

संस्थाले यो अवधिमा २० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्था ४ करोड १४ लाख रुपैयाँ घाटामा थियो ।  

समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८९.२२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १०.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०३९.२२ गुणा र तरलता अनुपात ४१.८५ प्रतिशत कायम भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

संस्थाले शाखा प्रमुख तथा कर्मचारी लगायत सम्पुर्ण फिल्ड सहायक कर्मचारी सहितको तालिम समेत आयोजना गरी कर्मचारीहरुको वित्तीय सुरक्षा मनोवल उच्च कायम गरेको जनाएको छ ।  

यस अवधिभित्रमा यस वित्तीय संस्थाले देश भरिमा २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरु मार्फत ४० हजार ७३३ जना विपन्न घरपरिवारमा सेवा पुर्याउँदै २ अर्ब १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.