काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार कम्पनीको वित्तीय अवस्थामा राम्रो सुधार आएको देखिएको छ ।
यो अवधिमा कम्पनी घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले यो अवधिसम्म ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७८ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत २२ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले निर्माणमार्फत १ करोड २१ लाख र ३ लाख ५७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको वित्त आम्दानी ९ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च ६ करोड ५० लाख र वित्त खर्च ९ करोड १६ लाख रुपैयाँबराबर रहेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ६ करोड ४३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यो अवधिमा कम्पनीले अन्य रिजर्भमा ११ लाख ८६ हजार रुपैयाँ सञ्चित गरेको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति २४ करोड ६८ लाख र कुल चालु दायित्व १२ करोड १ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.५६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९३.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६९८.९० रुपैयाँ र तरलता अनुपात ०.५२ प्रतिशत कायम भएको छ ।