काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज चुलिएसँगै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड घाटामा गएको छ । चालु आवको दोस्रो त्रैमाससम्म संस्था ९ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्था १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
संस्थाको इ्रम्पेयरमेन्ट चार्ज १२ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम ७१ लाख ५७ हजार रुपैयाँ थियो । प्रतिशतका आधारमा यो रकम १ हजार ५७८.३२ प्रतिशतले बढी हो ।
यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी वृद्धि भएको छ । दोस्रो त्रैमाससम्म संस्थाले १२ करोड ९० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १८.४४ प्रतिशतले धेरै हो ।
संस्थाको खुद सञ्चालन आम्दानी ७३.५९ प्रतिशतले घटेर १४ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाले कर्मचारीका लागि ९ करोड १५ लाख र अन्य सञ्चालनका लागि ३ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।
संस्थाको रिटेन्ड अर्निङ १० करोड ३२ लाख रुपैयाँ ऋणात्मक, र रिजर्भको आकार १९ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन १ अर्ब ३४ करोड र कर्जा प्रवाह ५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा १० करोड ३२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको खराब कर्जा अनुपात ४.९५ प्रतिशतबाट बढेर ९.८५ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३८.५० रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ११८.३१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १८९.३७ रुपैयाँ,मूल्य आम्दानी अनुपात २७.०७ गुणा र तरलता अनुपात ६.९३ प्रतिशत कायम भएको छ ।