शुक्रबार, माघ १८,२०८१ 05:20:59
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 05:20:59
IME remit
Global IME Bank Limited

गभर्नर बहिर्गमनको प्रतिक्षामा लगानीकर्ता, भन्छन्-'नयाँ आउँदा बजारले ५०० अंकको सेलिब्रेसन गर्नसक्छ'

Hyundai Nepal
गभर्नर बहिर्गमनको प्रतिक्षामा लगानीकर्ता, भन्छन्-'नयाँ आउँदा बजारले ५०० अंकको सेलिब्रेसन गर्नसक्छ'
Nabil Bank Limited

काठमाण्डौ । संसारमा नै केन्द्रिय बैंकको गभर्नर भनेको महत्वपूर्ण जिम्मेवारी हो । देशको ब्याजदर तथा महङ्गीलाई सन्तुलनमा राख्ने, वित्त नीतिले लिएको लक्ष्यलाई सही मौद्रिक औजारहरु प्रयोग गरेर सक्दो सपोर्ट गर्नेदेखि अर्थतन्त्रलाई समेत चलायमान बनाउने काममा केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका हुन्छ ।

संसारभरका केन्द्रीय बैंकहरुले सरकारले लिने वित्त नीतिका लक्ष्यहरु पूरा गर्न, मुद्रास्फितिलाई लक्षित सीमाभित्र राख्न, आर्थिक गतिविधिलाई बढावा दिने विषयमा महत्वपर्ण भूमिका खेलिरहेकै हुन्छन् ।  

नेपालको केन्द्रीय बैंकको भूमिका पनि सरकारको प्रमुख आर्थिक सल्लाहकार भएर काम गर्नु हो । तर, महाप्रसाद अधिकारीले केन्द्रीय बैंकको गभर्नरको पद सम्हालेपछि दृश्यहरु केही बदलिएका छन् । गभर्नरको अदूरदर्शी नीति, कच्चा व्यवहार र राजनीतिक इगोको आधारमा सरकार तथा विशेषगरी अर्थमन्त्रीसँग टसलमा उत्रिँदा परिणाम भयावह निस्किएको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

केन्द्रीय बैंक स्वायत्त निकाय भए पनि सरकारको सल्लाहकार बन्नुपर्नेमा गभर्नर आफैं विभिन्न कालखण्डका सरकार र त्यसले लिने नीतिमा असहयोगीको रुपमा प्रस्तुत हुँदा अर्थतन्त्रका अबयव खलबलिएका छन् । गलत नीतिको शिकार अर्थतन्त्रले निकै लामो मन्दी खेप्नु परेको छ भने बैंक तथा वित्तीय संस्थाहरु इतिहासकै कठीन परिस्थितिसँग जुधिरहेका छन् । गभर्नरको रुपमा अधिकारीले लिएको गलत नीतिका कारण सबैभन्दा बढी प्रताडित भएको क्षेत्र पूँजीबजार पनि हो ।  

देश र लगानीकर्ताको हितमा खासै काम नगरेका इतिहासकै विवादास्पद गभर्नर महाप्रसाद अधिकारीको केही सातापछि नै कार्यकाल सकिँदैछ । बजारमा अर्थतन्त्रलाई राम्रोसँग बुझेको र सबैसँग सन्तुलित सम्बन्ध राख्नसक्ने व्यक्ति नयाँ गभर्नर बनेर आउनुपर्ने मागहरु उठ्न थालेका छन् । सेयर बजारमा सक्रिय अगुवा लगानीकर्ताहरु चाहिँ अबको गभर्नर कस्तो चाहन्छन् ? यिनै विषयमा केन्द्रीत रहेर हामीले केही व्यक्तित्वसँग कुराकानी गरेका छौं ।

देशको अर्थतन्त्र र पूँजीबजारको समेत जानकार रहेका डा. केशब श्रेष्ठको बिचारमा गभर्नर भनेको म्रौद्रिक नीतिको जानकार र आर्थिक नीतिलाई सफल बनाउने नेतृत्व पनि हो । उनको विचारमा अहिलेका गभर्नरले पूँजीबजारलाई खासै महत्व दिएनन् अर्थात पूँजीबजारमैत्री देखिएनन् । ‘त्यसैले पूँजीबजारमा उहाँको आलोचना पनि भए । अब नयाँ आउने गभर्नर भनेको सबै क्षेत्रमा समन्वय गर्ने, सकेसम्म पूँजीबजार पनि बुझेको सकरात्मक सोंच भएको व्यक्ति हुनुपर्छ। अहिलेको अवस्थामा पूँजीबजारप्रति नरम व्यक्ति नै गभर्नर बनेर आउनुपर्छ ।’ उनले भने–‘अहिले लगानीकर्ता र केन्द्रिय बैंकबीच ग्याप भयो । केन्द्रिय बैंकको पूँजीबजारप्रति फोकस भएन । त्यसैले अब आउने गभर्नरका लागि पूँजीबजारमा लगाइएको सेयरकर्जाको क्याप हटाउने, जोखिमभार घटाउने काम महत्वपूर्ण रहन्छन् ।’ 

Muktinath Bikas Bank Limited

अर्का बजार जानकार तथा बिश्लेषक मुक्ति अर्यालको बिचारमा पनि अहिले देशको अर्थतन्त्र चलयमान हुन नसक्नु तथा पूँजीबजारले गति लिन नसक्नुमा राष्ट्रबैंकको नीति नै मुख्य कारण हो । सेयर बजारमा भोलि राम्रो हुने अपेक्षाका कारण नै आज लगानी भित्रिने हो । त्यही कारणले नयाँ गभर्नर आउँदै गर्दा बजारले ४/५ सय अंकले गति लिनसक्ने उनी बताउँछन् । अब आउने गभर्नरले खुकुलो नीति लिनुपर्नेमा अर्यालको जोड छ । उनको भनाईमा पुराना गभर्नर जाँदै गर्दा र नयाँ गभर्नर आउँदै गर्दा सेयर बजारले ठूलै अंकले सेलिब्रेसन पनि गर्नसक्ने सम्भावना देखिन्छ ।  

नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोखरेलको बिचारमा पनि नयाँ गभर्नर आउँदा पूँजीबजार उत्साहित नै हुनेछ । अहिले पूँजीबजारमा लगानीकर्ताहरुले हालका गभर्नरको बहिर्गमनको प्रतिक्षमा रहेको बताइन । ‘किनकी उनी खासै बजारमैत्री देखिएनन्, म्रौद्रिक नीतिको समीक्षामा पनि केही लचकता देखिएन । जसरी अर्थमन्त्री विष्णु पौडेल आउँदा एकहजार अंकले बजार बढ्यो, उसैगरी पुरानो गभर्नरको बहिर्गमन र नयाँको आगमनमा पनि बजारमा उत्साह छाउनसक्छ।’–उनले भनिन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.