शनिबार, जेष्ठ २,२०८३ 03:28:09
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 03:28:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः ८६ स्टेसन सञ्चालन, थप १०० स्थानहरूमा चाँडै सञ्चालनमा आउने

Laxmi Sunrise Bank Limited
एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः ८६ स्टेसन सञ्चालन, थप १०० स्थानहरूमा चाँडै सञ्चालनमा आउने
Shivam Cement

काठमाण्डौ । एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। पर्यावरण–मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको हो।  

निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको छ।

सीसीएस–२ कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम भएको कम्पनीले जनाएको छ। यसले हरियाली र स्वच्छ भविष्यको लागि एमएडब्लू वृद्धिको दृष्टिकोणलाई सघाउँने र व्यक्ति एवम् व्यवसायहरूलाई विद्युतीय सवारी साधनहरूमा स्विच गर्न सजिलो पनि बनाउँने कम्पनीले विश्वास लिएको छ।  

Bizshala
New Office
CG Motors

यस रणनीतिक विस्तारसँगै एमएडब्लू वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई सुदृढ पार्ने । साथै, ईभी मालिकहरूको लागि पहुँच निर्माण गर्दै दिगोपनको संस्कृतिलाई पनि अगाडि बढाइरहेको छ। कम्पनीले आफ्नो अग्रगामी दृष्टिकोण अनुरुप थप ईभी पूर्वाधारको बढ्दो मागलाई पूरा गर्नेछ। यसले वातावरणमा कार्बन उत्सर्जन घटाउँदै विद्युतीय सवारी साधनहरूको व्यापक अपनत्वलाई पनि सक्षम बनाउनेछ।

एमएडब्लू वृद्धिको यो उपलब्धिले कम्पनीको नवीनता र वातावरणको हेरचाहप्रतिको बलियो प्रतिबद्धतालाई चित्रण गर्दछ। बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.