सेरेसबाट धूँवाको मुस्लो निस्किएको घटनाबारे बितरकको दाबी-'अनधिकृत ठाउँमा मर्मत गर्दाको परिणाम'
काठमाण्डौ । सोमबार बिहान विद्युतीय इभी एसयूभी सेरेसको एउटा गाडीबाट निस्किएको धूँवाको मुस्लाको विषयमा नेपालको आधिकारिक बिक्रेताले आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालका लागि सेरेसको आधिकारिक बितरक एमएडब्ल्यू भृद्धिले सो घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । कम्पनीले सो इभीमा प्राविधिक खराबीको कारण धूँवा निस्किएको दाबी गरेको छ ।