बिहीबार, कार्तिक १२,२०८३ 12:48:37
  • बिहीबार, कार्तिक १२,२०८३ 12:48:37
Global IME Bank Limited

नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

Bizshala
नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि
New Office

काठमाण्डौ । एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्वस्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ। यसलाई कम्पनीको विश्वस्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा हेरिएको छ। यो कदमले यस क्षेत्रमा ‘गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधान’ को बढ्दो मागलाई पूरा गर्ने कम्पनीले जनाएको छ।

नयाँ शोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा गर्न सक्ने फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रकहरूको विस्तृत दयाराले सुसज्जित भएको कम्पनीले उल्लेख गरेको छ। नवप्रवर्तन र प्रदर्शनका लागि निर्मित यस शोरुमले नेपालको व्यावसायिक सवारी साधनको क्षेत्रमा उन्नत प्रविधि, स्थायित्व र यातायात अर्थतन्त्रलाई मद्दत गर्ने कम्पनीको विश्वास छ। शोरूमको स्थापना रणनीतिक रुपमा चितवन र आसपासका क्षेत्रका ग्राहकहरूको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर गरिएको हो। कम्पनीका अनुसार यस सुविधाले ग्राहकको समग्र यात्रा अनुभवको लागि विशेष परामर्श, आफ्टर सेल्स सर्भिस र मर्मतसम्भारका सेवाहरू प्रदान गर्दै फोटोनका नविनतम सवारी साधनहरू समेत प्रदर्शनमा राख्नेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलले नेपालमा यातायातको क्षेत्रमा वास्तविक गेम चेन्जरको रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा सुरु गरेको छ। आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छत सहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ। ५०.२३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । जसले यसलाई नेपालको कठिन भूभागको लागि उपयुक्त बनाउनेछ।

यस कार्यक्रममा सरोकारवाला, ग्राहक र प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । व्यवसायहरूको लागि राम्रो यातायात सिर्जना गरेर आर्थिक उन्नतिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रयास अनुरुप यस शोरुमको उद्घाटन गरिएको कम्पनीको भनाई छ ।

Garima Development Bank
Bizshala
IME remit

यो विस्तार सँगै नेपालको व्यावसायिक सवारी साधन बजारमा एमएडब्ल्यू वृद्धि कमर्सियलले आफ्नो जरा अझै मजबुत बनाएको छ। देशभर व्यवसाय र उद्योगहरू निर्माण र विकास गर्न गुणस्तरीय सवारी साधन र उत्कृष्ट सेवा प्रदान गरेर उनीहरूले यसलाई पुष्टि गरेका छन्।

एमडी विवेक सिकरियाका अनुसार कम्पनी दिगो गतिशीलताप्रति सधैं प्रतिबद्ध छ। एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने छ।’

माउन्टेन ईभीको उद्घाटन र चितवनमा एमएडब्लू वृद्धिको नयाँ शोरूमको एकसाथ सुरुवात नेपालमा दिगो गतिशीलताको विस्तारतर्फको एक महत्त्वपूर्ण कदम भएको कम्पनीको ठहर छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.