शुक्रबार, असार १२,२०८३ 07:52:30
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 07:52:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

Laxmi Sunrise Bank Limited
बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

काठमाण्डौ । फोटोन मोटरले ‘फोटोन माउन्टेन ईभी’को आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भू–भागका लागि विशेष रूपमा इन्जिनियर गरिएको छ। यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई(पर्फर्मेन्स सोलुसन्स प्रदान गर्ने कम्पनीले जनाएको छ।

नेपालले आफ्नो राष्ट्रिय दिगोपन लक्ष्यहरूको एक हिस्साको रूपमा विद्युतीय सवारी साधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको कम्पनीको ठहर छ । कम्पनीले सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

New Office
CG Motors
Garima Development Bank

लन्च कार्यक्रममा बोल्दै, फोटोन मोटरका सीईओ तुषार गुप्ताले दिगो इनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिए। उनले भने, ‘विकसित हुँदै गरेको नेपालको यातायात क्षेत्रलाई कार्यसम्पादन, दिगोपन र विश्वसनीयतालाई एकीकृत गर्ने सोलुसन्सको आवश्यकता पर्दछ। फोटोन माउन्टेनमा ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीप्रतिको हाम्रो प्रतिबद्धता जोडिएको छ। नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएकोयो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुशनस्थापित गर्दछ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर फोटोन माउन्टेन ईभीले नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ। यो गाडी व्यवसाय, फ्लीट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ।

यातायातका लागि उच्चस्तरीय समाधानहरूको विकास गर्न र ती साधनहरू उपलब्ध गराउन क्रियाशील एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता हो। maw vri

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.