बिहीबार, श्रावण २१,२०८३ 09:01:23
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:01:23
Bizshala
Global IME Bank Limited

सेरेसबाट धूँवाको मुस्लो निस्किएको घटनाबारे बितरकको दाबी-'अनधिकृत ठाउँमा मर्मत गर्दाको परिणाम'

सेरेसबाट धूँवाको मुस्लो निस्किएको घटनाबारे बितरकको दाबी-'अनधिकृत ठाउँमा मर्मत गर्दाको परिणाम'
New Office

काठमाण्डौ । सोमबार बिहान विद्युतीय इभी एसयूभी सेरेसको एउटा गाडीबाट निस्किएको धूँवाको मुस्लाको विषयमा नेपालको आधिकारिक बिक्रेताले आफ्नो धारणा सार्वजनिक गरेको छ ।  

नेपालका लागि सेरेसको आधिकारिक बितरक एमएडब्ल्यू भृद्धिले सो घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।  

कम्पनीले सो इभीमा प्राविधिक खराबीको कारण धूँवा निस्किएको दाबी गरेको छ । 

गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडीमा शर्ट सर्किट भएर धूँवा डिस्चार्ज भएको थियो । कम्पनीले भनेको छः उक्त गाडी विगतमा अनधिकृत सेवाकेन्द्रहरूमार्फत मर्मतसम्भार गरिएको हुनसक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

धूँवाको मुस्लो निस्किएपछि दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियतापूर्वक स्थितिलाई नियन्त्रण लिइएको कम्पनीले जनाएको छ।

कम्पनीको प्रारम्भिक अनुसन्धानअनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ। कम्पनीले भनेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.