बिहीबार, कार्तिक १२,२०८३ 12:49:10
  • बिहीबार, कार्तिक १२,२०८३ 12:49:10
Global IME Bank Limited

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

Bizshala
एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने
New Office

काठमाण्डौ । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ। 

रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन्। सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछ । जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन्। एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन्। यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ।

आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको जनाएको छ। यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.