काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.३१ रुपैयाँ र बिक्रीदर १३८.९१ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक डलरको खरिददर १३८.१७ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४३.७६ रुपैयाँ र बिक्रीदर १४४.३८ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७१.९३ रुपैयाँ र बिक्रीदर १७२.६८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.१३ रुपैयाँ र बिक्रीदर ८६.५० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९५ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६६ रुपैयाँ र बिक्रीदर ३७.८२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४८ रुपैयाँ र बिक्रीदर ३१.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९४ रुपैयाँ र बिक्रीदर ३८.१० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.३७ रुपैयाँ र बिक्रीदर ४५०.३२ रुपैयाँ कायम भएको छ ।