काठमाण्डौ । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगंजमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको छ। कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ।
उद्घाटन कार्यक्रम वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ÷डाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो।
यो पहलले वीरगंजमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै अवतार एक्सपेंग, नेटा, आयोन, आयोन र रिडारा ल्याएको छ । जसले उन्नत र पर्यावरणमैत्री गतिशीलता समाधान प्रदान गर्नेछ। प्रत्येक ब्रान्डले विशेष विशेषताहरू र प्राविधिक उन्नति प्रस्तुत गर्छः
–एक्सपेङ जी सिक्सः ५ स्टार एनक्याप सुरक्षा रेटिङ, स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज।
–एओन वाई १०० किलोवाट मोटर, २२५ एनएम टर्क र ६१.४ किलोवाट आवर लिथियम आइरन म्यागजिन ब्याट्रीसहित ५००ं किलोमिटर एईडीसी रेन्ज।
–एओन भीः एलीट र लक्जरी भेरियन्टमा उपलब्ध, क्रमशः ५२० किलोमिटर र ६५० किलोमिटरको उत्कृष्ट रेन्ज, लक्जरी भेरियन्टमा चालक र अगाडिको यात्रुको लागि आठ–प्वइन्ट मसाज सिट र इन–बिल्ट फ्रिज उपलब्ध छ।
–अभतार ११ ब्ख्ब्त्च् ज्ञज्ञस् चांगान, हुवावे र ऋब्त्ी को सहकार्यमा विकसित यो प्रिमियम ईभी १९० किलोवाट मोटर, स्न्यापड्रागन ८१५५ प्रोसेसर, २१(इन्च अलोय पाङ्ग्रा, सफ्ट(क्लोज ढोका, पाँच(तरिकाको मसाज, १२(तरिकामा समायोज्य सिट र डुअल ब्लुटुथ कनेक्टिभिटीसहित तीनवटा उच्च(प्रविधिको स्क्रिनले सुसज्जित छ।
–रिड्डारा आरडी सिक्स ः अफ–रोड र सम्पूर्ण भू–भागका लागि डिजाइन गरिएको यो मोडलमा २२५ मिमी ग्राउन्ड क्लियरेन्स, ३७७ किलोमिटर रेन्ज, ३८४ एनएम टर्क, भीटु वान क्षमता, अटोम्याटिक द्वि–जोन एयर कन्डिसनिङ र ६–तरिकामा समायोज्य सिट सुविधा समावेश छन्।
–नेटा एक्स १८५ मिमी ग्राउन्ड क्लियरेन्स, ५०० किलोमिटर रेन्ज, भीटु एल सुविधा, १५.६ इन्च टचस्क्रिन र छ वटा एयरब्यागसहितको मोडल। यसमा २७७० मिमी ह्वीलबेसले उत्कृष्ट आराम प्रदान गर्दछ भने वायरलेस फोन चार्जिङ, पावर टेलगेट र एडास जस्ता स्मार्ट सुविधाहरू थपिएको छ।
ग्राहकहरूको सुविधा बढाउन, सीजी मोटर्सले सिजी केयर सर्भिस एप पनि प्रस्तुत गरेको छ । जसले ं९७७ ९७०७०९४२०७ हटलाइनमार्फत २४÷७ सडक सहायताको सेवा दिन्छ। नेपालभरका २१ भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ, वीरगंज–मधेश प्रदेशका ग्राहकहरूले अब सिजी केयर सुविधाबाट विशेष सेवाहरू पाउँदै सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                