बुधबार, भाद्र ३,२०८३ 04:51:16
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:51:16
Bizshala
Global IME Bank Limited

दोस्रो त्रैमाससम्म सिंगटी हाईड्रोपावरको कस्तो रह्यो वित्तीय अवस्था ?

दोस्रो त्रैमाससम्म सिंगटी हाईड्रोपावरको कस्तो रह्यो वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा १४ करोड २८ लाख रुपैयाँबराबरको खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी ४२ लाख २८ हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्री आम्दानीमार्फत ४३ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी।ले विद्युत बिक्रीमार्फत १७ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको प्रशासनिक तथा साधारण खर्च ४ करोड २८ लाख र ब्याज खर्च १४ करोड ६६ रुपैयाँ रहेको छ ।  

Bizshala
CG Motors

यो अवधिमा कम्पनीले २२ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । सेयर प्रिमियम शीर्षकमा २५ करोड ११ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीको सञ्चित नाफा १ करोड ८० लाख रुपैयाँ रहेको छ । १३ करोड ७४ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ९१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ(ईपीएस)४.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०९.२८ रुपैयाँ, तरलता अनुपात १४.९५ प्रतिशत, मूल्य आम्दानी अनुपात ५०.९५ गुणा र रिटर्न अन इक्विटी ४.५१ प्रतिशत रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.