बिहीबार, बैशाख ११,२०८२ 06:48:05
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 06:48:05
IME remit
Global IME Bank Limited

सेयरबजारमा एनएलजी इन्स्योरेन्सको रु.२५.२५ करोड लगानी, फर्स्ट माइक्रोफाइनान्स र एनटीसीमा सबैभन्दा धेरै

Hyundai Nepal
सेयरबजारमा एनएलजी इन्स्योरेन्सको रु.२५.२५ करोड लगानी, फर्स्ट माइक्रोफाइनान्स र एनटीसीमा सबैभन्दा धेरै
Nabil Bank Limited

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरबजारमा कुल २५ करोड २५ लाख ९८ हजार रुपैयाँ लगानी गरेको छ ।

प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर र म्युचुअल फण्डहरुमा सवा २५ करोड रुपैयाँ लगानी गरेको हो ।  

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने सेयरबजारमा लगानी घटाएको छ । कम्पनीले उक्त आवमा कुल २९ करोड ४१ लाख ९४ हजार रुपैयाँ लगानी गरेको थियो । सूचीकृत कम्पनीहरुको सेयरमा कम्पनीको लगानी १४.१४ प्रतिशतले घट्न पुगेको छ ।  

 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

 आर्थिक वर्षमा कम्पनीले चारवटा कम्पनीको संस्थापक सेयरमा लगानी गरेको छ । नेपाल पुनर्बीमा कम्पनी, सिटिजन्स बैंक, एनआइसी बैंक र ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरमा कम्पनीको बढी लगानी छ ।  

यता साधारण सेयरतर्फ भने कम्पनीले सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्समा लगानी गरेको छ । कम्पनीले ३१.७६ प्रतिशतले लगानी बढाएर गत आवमा उक्त संस्थाको सेयरमा ४८ लाख १९ हजार रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, दोस्रोमा नेपाल टेलिकमको सेयरमा ३० लाख ४७ हजार रुपैयाँ लगानी गरेको छ । आव २०७८÷७९ को तुलनामा नेपाल टेलिकमको सेयरमा कम्पनीले २३।८२ प्रतिशतले लगानी थपेर साढे ३० लाख रुपैयाँ लगानी गरेको छ ।  

साथै आरएसडीसी लघुवित्तको सेयरमा १९ लाख ८६ हजार, फरवार्ड माइक्रोफाइनान्सको सेयरमा १५ लाख १५ हजार, आरएमडीसी लघुवित्तमा ११ लाख ७४ हजार, समीट लघुवित्तमा १० लाख ९७ हजार, मिर्मिरे लघुवित्तमा १० लाख ४६ हजार, बिजय लघुवित्तमा १० लाख १८ हजार रुपैयाँ र इन्फिनिटी लघुवित्तमा ९ लाख १२ हजार रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, हिमालयन डिष्टिलरीमा पनि कम्पनीको ३ लाख ५९ हजार रुपैयाँ लगानी रहेको छ । यता कमसिर्यल बैंकहरुको सेयरमा भने कम्पनीको ठूलो लगानी छैन ।  

१४ वटा म्युचुअल फण्डमा साढे ४ करोड लगानी  

आव २०७९/८० मा एनएलजी इन्स्योरेन्सले १४ वटा म्युचुअल फण्डको इकाईमा ४ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । आव २०७८/७९ को तुलनामा गत आवमा म्युनुअल फण्डको इकाईमा समेत कम्पनीले ७.३० प्रतिशतले लगानी घटाएको छ ।  

गत आवमा सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको इकाईमा कम्पनीले १ करोड ३३ लाख २४ हजार रुपैयाँ लगानी गरेको छ । तर अघिल्लो आवको तुलनामा यो लगानी ३.१३ प्रतिशतले कम हो । सो आवमा कम्पनीले उक्त फण्डको इकाईमा १ करोड ३७ लाख रुपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, दोस्रोमा मेगा म्युचुअल फण्ड–१ को इकाईमा १९ लाख ९७ हजार रुपैयाँ र तेस्रोमा प्रभु सेलेक्ट फण्ड–१ मा ६ लाख ६३ हजार रुपैयाँ लगानी गरेको छ ।

 

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.