सोमबार, चैत्र २५,२०८१ 03:58:26
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 03:58:26
IME remit
Global IME Bank Limited

सिवाईसी नेपाल लघुवित्तको नाफा १०४% ले वृद्धि, ईपीएस ३२.४० रुपैयाँ पुग्यो

Hyundai Nepal
सिवाईसी नेपाल लघुवित्तको नाफा १०४% ले वृद्धि, ईपीएस ३२.४० रुपैयाँ पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म नाफा,आम्दानी र ईपीएस बढाउनुका साथै खराब कर्जा अनुपात घटाएको छ ।  

यो अवधिमा संस्थाको खुद नाफा १०४.५८ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी वृद्धि भएसँगै नाफामा सुधार आएको हो । दोस्रो त्रैमाससम्म संस्थाले १७ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३१.९९ प्रतिशतले धेरै हो ।  

Shivam Cement
Bizshala
CG Motors

संस्थाको खुद सञ्चालन आम्दानी पनि ३०.३२ प्रतिशतले बढेर २२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १२ करोड ३३ लाख र अन्य सञ्चालनका लागि ३ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ बढेर ५ करोड ७७ लाख पुगेको छ । रिजर्भको आकार भने ३३ करोड ८८ लाख रुपैयाँबाट घटेर ३४ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ । यो अवधिमा संस्थाले २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख रुपैयाँले रिभर्सल भएको छ । अघिल्लो आवमा ४.७ठ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.३५ प्रतिशतमा सीमित बनेको छ ।  संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १५.८४ रुपैयाँ रहेको ईपीएस बढेर ३२.४० रुपैयाँ कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २५१.७४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४६७.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४८.०५ गुणा र तरलता अनुपात ८.३९ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.