सोमबार, असार २,२०८२ 09:25:37
  • सोमबार, असार २,२०८२ 09:25:37
Global IME Bank Limited

बोटलर्स नेपाल (तराई)को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

Hyundai Nepal
बोटलर्स नेपाल (तराई)को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Nabil Bank Limited

काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले माघ ६ गतेदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरेको हो ।  

कम्पनीको पुस २६ बसेको ३८ औं साधारण सभाले गत आवका लागि चुक्तापूँजीको ५० प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो । कम्पनीले आफ्नो बैंक विवरण अद्यावधिक गर्न÷गराउन बाँकी रहेका योग्य सेयरधनीहरुको लाभांश रकम हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र क्रमैसँग जम्मा गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश रकम सेयरधनीहरुको बैंक खातामा मार्फत जम्मा गर्दा लाग्ने बैंक शुल्क सम्बन्धित सेयरधनी स्वयंले व्यहोर्नु पर्ने समेत कम्पनीले उल्लेख गरेको छ ।  

सेयर धितोमा राखेका सेयरधनीहरुले लाभांश रकम प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नो अब्जेक्सन लेटर वा फुकुवा(पत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.