मंगलवार, भाद्र २,२०८३ 05:42:46
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 05:42:46
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा रु.७ खर्ब लगानी, सेयरबजारमा १०८% ले वृद्धि

जीवन बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा रु.७ खर्ब लगानी, सेयरबजारमा १०८% ले वृद्धि
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको लगानी १३ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरले विभिन्न क्षेत्रमा ७ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन् ।  

गत आवको सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६ खर्ब २२ अर्ब ४१  करोड रुपैयाँ लगानी गरेका थिए ।  

प्राधिकरणका अनुसार जीवन बीमकहरुले हाल दर्जनौ क्षेत्रमा लगानी गर्दै आएका छन् । कम्पनीहरुले सर्वाधिक ५ खर्ब ६१ अर्ब २१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।  

यो रकम कुल लगानीको झण्डै ८० प्रतिशत रकम हो । बीमा कम्पनीहरु अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नै लगानी होम्मिएका छन् । अन्य सेक्टरमा जस्तो जोखिम नहुने र थोरै प्रतिशत भएपनि रिटर्न पाउने ग्योरेन्टी भएको हुँदा बीमा कम्पनीहरु ८० प्रतिशत रकम मुद्दती निक्षेपमा राख्न बाध्य पनि छन् ।  

Bizshala
CG Motors

जीवन बीमा कम्पनीहरुले मुद्दतीमा राखेको यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १६.८२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीहरुले मुद्दतीमा ४ खर्ब ८० अर्ब ३९ करोड रुपैयाँ राखेका थिए ।  

पछिल्लो समय बीमा कम्पनीहरु अन्य सेक्टरमा पनि विस्तारै लगानीको दायरा बढाउँदै लगेका छन् । बीमा कम्पनीहरुको कृषि, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा कुल ८ अर्ब ९८ करोड रुपैयाँ लगानी रहेको छ । यो रकम पनि गत आवको तुलनामा १२.३८ प्रतिशत बढी हो ।  

गत आवको सोही अवधिसम्म बीमकहरुको यो क्षेत्रमा ७ अर्ब ९९ करोड रुपैयाँ लगानी रहेको थियो । 

जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमाससम्म आइपुग्दा सूचीकृत पब्लिक कम्पनीको सेयर (सेयरबजार)मा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०८.३५ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म जीवन बीमकको सेयरबजारमा १२ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ लगानी रहेको थियो ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.