बुधबार, चैत्र २०,२०८१ 01:09:55
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:09:55
IME remit
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो बन्दै, धितोपत्र बोर्डमा भागाभाग, हमाललाई दीपक भट्टले नै फसाउँदै !

Hyundai Nepal
नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो बन्दै, धितोपत्र बोर्डमा भागाभाग, हमाललाई दीपक भट्टले नै फसाउँदै !
Nabil Bank Limited

काठमाण्डौ । । लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो र रोमाञ्चक बन्दै गएको छ । अख्तियारदेखि अदालत सम्म पुगेको यो विषय पछिल्लोपटक धितोपत्र बोर्डका अधिकारीहरुलाई भने निल्नु न ओकल्नुृ भएको हो । खासगरि पछिल्लोपटक धितोपत्र बोर्डका केही कर्मचारीहरुलाई अख्तियारले बोलाएपछि यो विषयका कारण बोर्डमा भागाभाग चलेको छ ।  

अर्थ मन्त्रालयबाट पत्र गएता पनि धितोपत्र बोर्डका अधिकारीहरुले नयाँ स्टक एक्सचेञ्जको विषयमा टिप्पणीसम्म पनि उठाउन मानेका छैनन् । बोर्डस्थित एक उच्च स्रोतले दिएको जानकारी अनुसार कृष्ण पोखरेलले यहि विषयले गर्दा राजीनामा दिएर हिँडिसके । अब अरु पनि हिँड्दै छन् । स्रोतले भन्यो, ‘राजनीतिक उच्च तहमा डिल हुन्छ । त्यही लेनदेन हुन्छ । त्यहाँ कुनै हस्ताक्षर हुँदैन । लेनदेनको कुनै प्रमाण पनि हुँदैन । भोली अख्तियार र अदालत हामी धाउनु पर्ने ?’ ती अधिकारीले भने ।

Shivam Cement
Bizshala
CG Motors

त्यसैगरि, नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो हुनुमा अर्को कारण भनेको व्यापारीक घरानियाबीचको लडाई पनि हो । हिमालयन स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनेगरि हालको प्रक्रिया अगाडी बढेपछि अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज समूहपनि असन्तुष्ट रहेको छ । स्रोतले दिएको जानकारी अनुसार नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया अगाडी बढाएका निवर्तमान अध्यक्ष रमेश कुमार हमाल र दीपक भट्टबीच सम्बन्ध पनि चिसिदै गएको छ । खासगरि, हमाल अध्यक्ष हुँदा सिधै डिल गर्न थालेपछि भट्ट हमाल विरुद्ध चिढिँएका छन् ।  यही कारणले नै हमाल विरुद्ध भट्टले नै अख्तियारमा उजुरी हालेको पनि स्रोतले दाबी गर्यो ।

नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूह दौडमा रहेका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज रहेका छन् ।  

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बीचौलियाको काम गरेका छन् । दीपक भट्ट लगानी बोर्डका अध्यक्ष शुशिल भट्टका सहोदर भाई हुन् । हिमालयन स्टक एक्सचेञ्जमा शुलभ अग्रवाल, भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, नेशनल स्टक एक्सचेञ्जमा अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । यसमा एनआरएनए समूह पनि संलग्न छ । जसमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य पनि छन् । यो समूहले पनि नयाँ स्टक एक्सचेञ्जका लागि तीव्र लविङ गरेको थियो ।  

अर्को, अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापालगायतका सुरेन्द्र वाग्ले, प्रकाश कुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.