बिहीबार, चैत्र २१,२०८१ 03:22:06
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:22:06
IME remit
Global IME Bank Limited

युनिलिभर नेपालको नाफा र आम्दानीमा सामान्य वृद्धि

Hyundai Nepal
युनिलिभर नेपालको नाफा र आम्दानीमा सामान्य वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको  तुलनामा १३.४९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै कम्पनीको कुल आम्दानी पनि ३.०१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ अर्ब ९२ करोड कुल आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने १ अर्ब ९८ करोड मात्रै आम्दानी गरेको छ ।

यो अवधिमा कम्पनीको कुल खर्च घटेको छ । कम्पनीको कुल खर्च १.०९ प्रतिशतले घट्दै १ अर्ब ३९ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च १ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ट अर्निङ १०.५७ प्रतिशतले बढेको छ । यससँगै रिटेन्ड अर्निङको आकार ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको)२०७९ रुपैयाँ, प्रतिसेयर  नेटवर्थ ४ हजार ६४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.६० गुणा र तरलता अनुापत १.८३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.