सोमबार, असार २,२०८२ 08:29:35
  • सोमबार, असार २,२०८२ 08:29:35
Global IME Bank Limited

वित्तीय सुधारको बाटोमा अरुण भ्याली हाईड्रो: नाफा ७३४% र आम्दानी ३४१% ले वृद्धि, खर्च नियन्त्रण गर्न समेत सफल

Hyundai Nepal
वित्तीय सुधारको बाटोमा अरुण भ्याली हाईड्रो: नाफा ७३४% र आम्दानी ३४१% ले वृद्धि, खर्च नियन्त्रण गर्न समेत सफल
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १९ करोड ४२ लाख रुपैयाँ खुद नाफ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७३४.९४ प्रतिशतले बढी हो ।    

अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले २ करोड ३२ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । कम्पनीले  विद्युत बिक्रीमार्फत १४ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४१.२५ प्रतिशतले बढी हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, कम्पनीले यो अवधिमा १८ करोड ९३ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले १५ करोड २९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा खर्चमा नियन्त्रण गरेको छ । कम्पनीको कुल खर्च ३६.८६ प्रतिशतले घट्दै ७ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ८४ करोड र कुल चालु दायित्व १६ करोड ४६ लाख रुपैयाँ रहेको छ । 

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.७२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११८.०६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.६५ गुणा र तरलता अनुपात ११.२० प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.