अरुण भ्याली हाईड्रोपावरको नाफामा ४८% को संकुचन
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा ४८.४८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १० करोड ६३ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनील विद्युत बिक्रीमार्फत १७ करोड ३० लाख...

