काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर जारी गरेको थियो । सोही हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब भोलिदेखि कम्पनीको उक्त हकप्रद सेयर दोस्रो बजार कारोबारमा आउनेछ ।