काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर चैत २७ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले माघ १४ गतेसम्म कायम सयेरधनीका लागि गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ३३ हजार ७१४ जना आवेदकलाई १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये १९ लाख ९२ हजार १३४ कित्ता सेयर भने अवितरित रहेको छ ।
आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी चैत ३० गतेदेखि आईपीएसमार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।