काठमाण्डो । अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक १४ गते आयोजना हुने २७ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।