बुधबार, फाल्गुन ६,२०८२ 04:20:52
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 04:20:52
Bizshala
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोपावरले घटायो लाभांश, साधारण सभा समेत आह्वान

अरुण भ्याली हाईड्रोपावरले घटायो लाभांश, साधारण सभा समेत आह्वान
Shivam Cement

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांशदर घटाएको छ । कम्पनीले गत असोज १ गते घोषणा गरेको लाभांश स्वीकृतीका लागि विद्युत नियमन आयोगसमक्ष पेश गरेको थियो ।

कम्पनीको उक्त प्रस्तावलाई पूर्वस्वीकृती दिन नसकिने भन्दै आयोगले पुस ८ गते पत्र काटेको थियो । सो पश्चात कम्पनीको पुस ८ गते दिउँसो साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशदर घटाउने निर्णय गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैठकले लाभांश प्रस्ताव संशोधन गरी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यसअघि भने कम्पनीले आव २०८१/८१ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले आगामी पुस ३० गते २८ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय समेत गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् ।   

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.