सोमबार, असार २,२०८२ 08:56:15
  • सोमबार, असार २,२०८२ 08:56:15
Global IME Bank Limited

अरुण भ्यालीको नाफामा ५७९८.९१% को उछाल, आम्दानी २२८% ले बढ्यो

Hyundai Nepal
अरुण भ्यालीको नाफामा ५७९८.९१% को उछाल, आम्दानी २२८% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिमा ३४ करोड १८ लाख रुपैयाँ खुद नाफ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७९८.९१ प्रतिशतले बढी हो ।    

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । कम्पनीले  विद्युत बिक्रीमार्फत १९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२८.२च्४ प्रतिशतले बढी हो ।  

यस्तै, कम्पनीले यो अवधिमा ३४ करोड ८७ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले २३ करोड ५९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा खर्चमा नियन्त्रण गरेको छ । कम्पनीको कुल खर्च ४९.७० प्रतिशतले घट्दै १० करोड ९८ लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ९० करोड र कुल चालु दायित्व ८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।  

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११९.०६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.०९ गुणा र तरलता अनुपात २१.४६ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.