सोमबार, असार २,२०८२ 02:38:14
  • सोमबार, असार २,२०८२ 02:38:14
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै

Hyundai Nepal
अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७३.०९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २२ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २३ करोड ५९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च २९ लाख,१५ हजार, बिक्री÷वितरण खर्च ४ करोड १६ लाख , कर्मचारी खर्च २० लाख २६ हजार र वित्त खर्च १४ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीले कर्मचारीको बोनसका लागि ७ लाख ४४ हजार र सामाजिक उत्तरदायित्वका लागि ५८ हजार रुपैयाँ खर्च गरेको छ ।    

कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ८ करोड र कुल चालु दायित्व ५२ करोड २४ लाख रुपेयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.४१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०३.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५८.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२०.५८ गुणा र तरलता अनुपात २.०७ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.