काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमातर्फ बिक्री आजदेखि बिक्री गर्न लागेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी,कुमारीपाटी विर्तामोड,वीरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बाग्लुङ,बेनी,बुटवल ,घोराही,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरका शाखा कार्यालयहरुबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २४ गते रहेको छ ।