काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिसमिटेड आफ्ना सेयरधनीहरुलाई आगामी फागुन १७ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।
कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८३ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्नेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो हकप्रदमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।
हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                