आईतवार, बैशाख ६,२०८३ 05:37:29
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:37:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

५१.६९% ले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, बीमाशुल्क आर्जन र ईपीएस कति ?

Bizshala
५१.६९% ले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, बीमाशुल्क आर्जन र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आव २०८१÷८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा ५१.६९ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ ।  

अघिल्लो आवको सोहि अवधिमा कम्पनीको खुद नाफा २३ करोड ९ हजार रुपैयाँमा सीमित थियो । कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २१ करोड बीमाशुल्क संकलन गरेको छ । जुन आघल्लो आवको तुलनामा २६.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ७५ करोड रुपैयाँबराबरको बीमाशुल्क अंकलन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीबापत ६९ करोड १९ लाख रुपैयाँ कमाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो अवधिमा कम्पनीको कुल खर्च २३.५४ प्रतिशतले बढ्दै २ अर्ब ६९ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले १ लाख ४२ हजार ५७० वटा पोलिसी जारी गरेको छ । कम्पनीले यो अवधिसम्म २ अर्ब १० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो ।  

कम्पनीको रिटेन्ड अर्निङ ७२ करोड ९५ लाख र सेयर प्रिमियम १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको प्रतिसेयर आम्दानी १५.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६६.६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.७० र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२५.०६ रुपैयाँ कायम भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.