बुधबार, भाद्र २५,२०८२ 05:12:45
  • बुधबार, भाद्र २५,२०८२ 05:12:45
Global IME Bank Limited

न्यादी हाईड्रोपावर अझै ८६.५५ लाख घाटामा, विद्युत बिक्री आम्दानीमा भने बढोत्तरी

Hyundai Nepal
न्यादी हाईड्रोपावर अझै ८६.५५ लाख घाटामा, विद्युत बिक्री आम्दानीमा भने बढोत्तरी

काठमाण्डौ ।  न्यादी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८६ लाख ५५ हजार रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ९१.८७ प्रतिशतले कम हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ६४ लाख रुपैयाँ घाटामा थियो ।    

यो बीचमा कम्पनीको विद्युत बिक्री आम्दानीमा बढोत्तरी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २८ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ३६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च १३ करोड ६९ लाख रुपैयाँ र प्रशासनिक खर्च १ करोड ८६ लाख रुपैयाँ रहेको छ ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वित्त खर्च २१ करोड ८५ लाख रहेको छ ।  

कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १८ करोड ३ लाख र कुल चालु दायित्व १८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५८ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात११२६.५६ गुणा र तरलता अनुपात ०.९६ प्रतिशत कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.