काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १७.३४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट देखिएको छ । अघिल्लो आवमा १ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले समीक्षा अवधिमा यस्तो आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने ३८.१७ प्रतिशतले बढ्दै १७ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
यस्तै संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १ अर्ब ६४ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर १ अर्बर्
५९ करोड रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने २ अर्ब ६८ करोड रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड पुगेको छ ।
यो अवधिमा संस्थाले ३ अबत्र्र ६३ करोड रुपैयाँ निेक्षेप संकलन र ३ अर्ब ७८ करोड रुपैयाँ बर्जा प्रवाह गरेको छ । संस्थाले दोस्रो त्रैमाससम्म १२ करोड ७९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । अघिल्लो आवमा संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २४ करोड ८ लाख रुपैयाँको व्यवस्था गरेको थियो । संस्थाको खराब कर्जा अनुपात २.९५ प्रतिशतबाट घटेर २.७२ प्रतिशतमा झरेको छ ।
अघिल्लो आवमा १ अर्ब २८ करोड रुपैया रहेको वितरणयोग्य मुनाफा बढेर १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यस्तै संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ४९.७२ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३१.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२०.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.६७ गुणा र तरलता अनुपात २२.१५ प्रतिशत कायम भएको छ ।