काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको खुद नाफा ५१५.३१ प्रतिशतले बढेको छ । कम्पनजीले चालु आवको दोस्रो ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद विद्युत बिक्री आम्दानी समेत बढेको छ । खुद विद्युत बिक्री आम्दानी २०.८३ प्रतिशतले बढ्दै १० करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च २२ लाख ६९ हजार र बिक्री खर्च २ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको वित्त खर्च ५ करोड ९४ लाख रुपैयाँबाट घटेर ३ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी ४० करोड रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ४करोड २२ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ४६ लाख र कुल चालु दायित्व ५ करोड ८६ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१९.८८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ६५.७२ रुपैयाँ,मूल्य आम्दानी अनुपात २६.८६ गुणा र तरलता अनुपात १.१० प्रतिशत कायम छ ।