काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड २५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको १४ करोड ३४ लाख रुपैयाँको तुलनामा ३.४९ प्रतिशतले बढी हो ।
कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १३.४६ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन १ अर्ब ९९ करोड रुपैयाँ थियो । अघिल्लो आवमा २ अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको कुल खर्च २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा २ अर्ब ४२ करोड रुपैयाँ थियो । कम्पनीले २ अर्ब २२ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो रकम गत आवको तुलनामा १६.८१ प्रतिशतले बढी हो । कम्पनीले लगानी तथा कर्जाबाट ६० करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको महावित्तती कोषको आकार बढेर ९ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड ९८ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.७३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११९.६४ रुपैयाँ र पीई अनुपात ७१.६९ गुणा कायम भएको छ ।