काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६१.७७ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले बिक्री आम्दानी पनि ११.८८ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीमार्फत ३ अर्ब १० करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ३ अर्ब ५१ करोड रुपैयाँ कमाएको थियो ।
कम्पनीको अन्य आम्दानी पनि घटेको छ । अघिलल्लो आवको दोस्रो त्रैमाससम्म १७ करोड २ लाख रुपैयाँ रहेको अन्य आम्दानी घटेर १२ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ५० करोड ९४ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले चालु आवसम्म ४४ करोड ६४ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।
५ अर्ब ४५ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब १५ करोड रुपैयाँको व्यवस्था गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूूल्य २१८.९२ रुपैयाँ र तरलता अनुपात १.६२ गुणा कायम भएको छ ।