मंगलवार, कार्तिक ३,२०८३ 03:29:29
  • मंगलवार, कार्तिक ३,२०८३ 03:29:29
Global IME Bank Limited

गत आवमा घाटामा रहेको हाथवे इन्भेष्टमेन्टले कमायो १.४९ करोड खुद नाफा

Bizshala
गत आवमा घाटामा रहेको हाथवे इन्भेष्टमेन्टले कमायो १.४९ करोड खुद नाफा
New Office

काठमाण्डौ । गत आवको दोस्रो त्रैमाससम्म घाटामा रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । आम्दानी बढ्दा र खर्च घट्दा कम्पनी नाफामा गएको हो ।  

कम्पनील चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५९ लाख ८२ हजार रुपैयाँ घाटामा रहेको थियो ।    

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ६१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६५.५४ प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ३ करोड ६७ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीले यो अवधिसम्म ११ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ २६ करोड १९ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ३९ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७३.१५ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२७१.२२ गुणा कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.